७ फेरापछि कियाराले सिद्धार्थलाई गरिन् किस, अभिनेताले भने- ‘हाम्रो स्थायी बुकिङ सकियो’
एजेन्सी । सिद्धार्थ मल्होत्राले आफ्नो विवाहको पहिलो तस्विर इन्स्टाग्राममा सेयर गरेर आफ्ना फ्यानहरूलाई रोमाञ्चित बनाएका छन् । उनले तस्बिरसँगै क्याप्सनमा लेखेका छन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो । हामी हाम्रो अगाडिको यात्रामा तपाईंको आशीर्वाद र माया चाहन्छौं ।’
सिल्भर शेरवानीमा सिद्धार्थ मल्होत्रा रोयल लुक दिइरहेका छन् भने कियारा आडवाणी हल्का गुलाबी रंगको लेहेंगामा राजकुमारी जस्तै देखिएकी थिइन् । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको अफेयर फिल्म ‘शेर शाह’को सेटमा सुरु भएको थियो ।
अनस्क्रिन रोमान्स उनीहरूको जीवनको हिस्सा बन्यो र उनीहरू एकअर्कालाई डेट गर्न थाले । फिल्म ‘शेर शाह’ रिलिजपछि पनि सिद्धार्थ–कियारा प्रायः सँगै देखिने गरेका छन् । उनीहरु सँगै गोप्य छुट्टी मनाउन गएका पनि देखिन्थे ।
उनीहरुको तस्बिर भाइरल भएपनि उनीहरुले एकअर्कालाई साथीहरु भनेका थिए तर उनीहरुको अफस्क्रिन केमेस्ट्रीले अर्कै कुरा प्रकट गर्दथ्यो । ३८ वर्षीय सिद्धार्थ मल्होत्राले पनि कियारालाई चुम्बन गर्दा उनीहरुको सुन्दर केमेस्ट्रीको झलक देखाए ।
सिद्धार्थ कियारा आडवाणीभन्दा करिब ८ वर्ष जेठा छन् । मिडिया रिपोर्टका अनुसार सिद्धार्थको कुल सम्पत्ति करिब ७५ करोड रुपैयाँ छ भने कियारा आडवाणीको कुल सम्पत्ति करिब ३० करोड रुपैयाँ छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

