त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम घोषणा, सन्दीप पनि समेटिए
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ ।
क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै बिहिबार टिम घोषणा गरेको हो । क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले निलम्बन फुकुवाको निर्णय गरेको थियो ।
उनीविरुद्ध बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशसँगै सन्दीप २० लाख धरौटी बुझाएर पुस २९ गते थुनामुक्त भएका थिए ।
क्यानले घोषणा गरेको टिममा सन्दीप जोरा, कुशल मल्ल र भीम सार्कीले पुनरागमन गरेका छन् । सूर्य तामाङ पहिलोपटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।
यस्तै दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ । स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ ।

सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


