Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया र स्कटल्यान्ड भिड्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३
त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नामिबिया र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। टियू मैदान कीर्तिपुरमा बुधबार बिहान ९ बजे हुने खेलमा नामिबिया जारी सिरिजको पहिलो जितको खोजीमा हुँदा स्कटल्यान्ड भने पहिलो खेलमै जित निकाल्ने लक्ष्यमा हुनेछ।

नामिबिया आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएकाले दोस्रो खेलमा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा हुनेछ। नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ।

सात टोली सहभागी विश्वकप लिग-२ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। ऊ च्याम्पियन बन्ने लक्ष्यसहित टियू मैदानमा उपस्थित हुनेछ। नामिबिया भने ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।

मंगलबारबाट सुरु त्रिकोणात्मक सिरिज फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २(२ खेल खेल्ने छन्।

Top Changing Nepal

युट्युब सट्स