प्रधानमन्त्री प्रचण्डलाई निम्तो नदिई स्वदेश फर्किए भारतीय विदेश सचिव क्वात्रा
काठमाडौं । भारतीय विदेश सचिव प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिई फर्किएका छन् । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि भारत भ्रमणको निम्तो नदिएर फर्किएका हुन् ।
दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिएपनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए । क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आकलन थियो ।
तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।
नजिकको छिमेकी मुलुक र त्यसमा पनि खुला सीमा रहेको भारतसँगको सम्बन्ध सुधार हुन नसके राजनीतिक अप्ठ्यारो पर्नसक्ने भएका कारण पनि हरेक सरकार गठन ओएलगतै भारतले पहिलो भ्रमणको निमन्त्रणा दिने गरेको छ । तर यस पटक भने विदेश सचिव क्वात्रा भ्रमणको निम्तो नदिई फर्किएका छन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हुनसक्ने कतिपयको आकलन छ । भोलिको राजनीतिक परिदृश्य मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत गरेको हो ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल