यूएईविरुद्ध कप्तान पौडेलको अर्धशतक
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईविरुद्ध नेपाली कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारि खेलेका छन्।
पौडेलले ८७ बलमा ७ चौकाको मद्धतमा ५५ रनमा क्रिजमा रहेका छन्।
यस्तै उनलाई आरिफ शेखले साथ दिइरहेका छन्। आरिफ २९ बलमा २६ रन बनाएर खेलिरहेका छन्।
टस जितेर पहिला ब्याटिङ् गरिरहेको नेपालले सुरुवातमा खराब प्रदर्शन गरेपनि कप्तान रोहित पौडेलले नेपाली टोलीको ब्याटिङ सम्हालि रहेका छन्।
नेपालले पछिल्लो विकेटको रुपमा २१।६ ओभरमा भीम सार्कीलाई गुमाएको नेपाल थप दबावमा परेको थियो। भिमले ३७ बलमा ४ चौकासहित २९ रन बनाए। भीमले कप्तान पौडेलसँग मिलेर ५४ रनको साझेदारी गरेका थिए।
यसअघि नेपालले कुशल मल्ललाई ९ रनमा गुमाउँदा, कुशल भुर्तेललाई ८ र आसिफ शेखलाई शून्य रनमा गुमाएको थियो।
ताजा अवस्थामा नेपाल ३१ ओभरमा ४ विकेट गुमाउँदै १२६ रनमा खेलिरहेको छ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

