भारतमा असफल भएपछि हङकङमै फर्किए अंशुमन रथ
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
एजेन्सी । भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेपछि अंशुमन रथ हङकङको टोलीमै पुनः फर्किएका छन् । यसै साता हङकङले चार देश सम्मिलित टि-२० आई सिरिजको उपाधि जित्दा अंशुमन रथले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
उनले हङकङबाट पूनरागमन गर्दै बहराइनविरुद्ध २१, कुवेतविरुद्ध ५७ र मलेसियाविरुद्ध ४९ रनको इनिङ खेलेका थिए । रथ २०१८ पछि हङकङ छाडेर भारत लागेका थिए ।
२०१८ को एसिया कपमा सानदार प्रदर्शनपछि उनले घरेलु क्रिकेट खेल्दै भारतीय टोलीबाट खेल्ने सपना देखेर हङकङ छाडेका थिए । २५ वर्षीय रथले १८ ओडिआई खेलमा १ शतक र ७ अर्धशतकसहित ८ सय २८ रन बनाएका छन् । २३ टि २० आई खेलमा ४ सय ४३ रन बनाएका छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
