जनगणना नतिजा : नेपालका आधा बढी परिवार अझै दाउरामा खाना पकाउँछन्
काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजा अनुसार अझै ५१ प्रतिशत परिवारले दाउरामा खाना पकाउने गरेका छन् । शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार देशका कुल परिवार मध्ये आधा भन्दा बढी अर्थात ५१ प्रतिशत परिवारले खाना पकाउन काठ र दाउरा प्रयोग गर्ने गरेका छन ।
खाना पकाउन अक्सर एलपि ग्यास प्रयोग गर्नेको संख्या ४४ दशमलव ३ प्रतिशत रहेको छ भने बिजुलीबाट खाना पकाउने परिवार संख्या ० दशमलव ५ प्रतिशत रहेको छ । गुईठा र गोरहाबाट खाना पकाउने परिवार २ दशमलव ९ प्रशित रहेको छ । बायोग्याँस प्रयोग गरेर खाना बनाउने परिवार संख्या १ दशमलव २ प्रतिशत रहेको छ ।
मट्टितेलबाट शून्य दशमलव ०५ प्रतिशत र अन्य इन्धन प्रयोग गरी खाना बनाउने परिवार संख्या ० दशमलव १ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशतले परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेकोमा १० वर्षमा दाउराबाट खाना बनाउने परिवार १३ प्रतिशतले घटेको पाइएको छ ।
यस्तै बत्ती बाल्न ९२ दशमलव २ प्रतिशत परिवारले बिजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७ दमलव ३ प्रतिशत रहेकोमा बिजुलीबाट बत्ति बाल्नेको संख्यामा वृद्धि भएको हो ।
बत्ती बाल्नका लागि अक्सर सोलार र सौर्य ऊर्जा प्रयोग गर्नेको संख्या ६ दशमलव ६ प्रतिशत रहेको छ भने मट्टितेल प्रयोग गर्नेको संख्या शून्य दशमलव ६ प्रतिशत रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
