आईपीएल : अन्तिम बलमा मुम्बईको रोमाञ्चक जित, दिल्लीको लगातार चौथो हार
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मुम्बईले ४ विकेटको क्षतिमा २० ओभर खेल्दै १ सय ७३ रन बनाएर जित निकाल्यो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । उनले ४५ बलमा ६ चौका र चार छक्काको मद्दतले ६५ रनको इनिङ खेले ।
तिलक वर्माले २९ बलमा एक चौका र चार छक्काको मद्दतले ४१ रन बनाए । इशान किशनले पनि ३२ बलमा ३१ रन बनाए । सूर्यकुमार यादवको असफलताको शृङ्खला जारी रह्यो । उनले यो खेलमा पनि खाता खोल्न सकेनन् ।
यो जित मुम्बईका लागि त्यति सजिलो भने थिएन । मुम्बईलाई अन्तिम ओभरमा पाँच रन र अन्तिम बलमा दुई रन आवश्यक थियो । टिम डेभिडले दुई रन बनाएर टोलीलाई सिजनको पहिलो जित दिलाए ।
दिल्ली क्यापिटल्सले भने यो सिजनका अहिलेसम्मका चारै खेलमा हार व्यहोरेको छ । मुम्बईविरुद्ध पहिले ब्याटिङ गरेको दिल्लीले १९।४ ओभरमा १ सय ७२ रन बनाएको थियो । उसका लागि डेभिड वार्नर र अक्षर पटेलले अर्धशतक बनाए ।
पटेल दिल्लीको इनिङ्सका नायक बने । पटेल ब्याटिङमा आउँदा दिल्लीले १२।३ ओभरमा पाँच विकेट गुमाएर ९८ रन बनाएको थियो । १९ औँ ओभरको पहिलो बलमा उनी आउट हुँदा टोलीको स्कोर ६ विकेटको क्षतिमा १ सय ६५ रन पुगेको थियो । यो अवधिमा टोलीले कुल ६७ रन जोडेको थियो ।
यो ६७ रनको साझेदारीमा पटेलले २५ बल खेल्दै ५४ रन बनाएका थिए । उनले आफ्नो पारीमा चार चौका र पाँच छक्का प्रहार गरे । डेभिड वार्नरले ४७ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाए ।
दिल्लीको इनिङ्सको १९ औँ ओभर एक हिसाबले टर्निङ प्वाइन्ट थियो । यो ओभरमा दिल्लीको चार विकेट खसेको थियो । मुम्बईका जेसन बेहरेनडर्फले पहिलो बलमा पटेललाई र तेस्रो बलमा वार्नरलाई आउट गरे । चौथो बलमा कुलदीप यादव र अन्तिम बलमा अभिषेक पोरेल रनआउट भए ।
दिल्लीले पूरा २० ओभरसम्म ब्याटिङ गर्न सकेन । अन्तिम पाँच विकेट सात रनमै खसेको थियो । ३५ वर्षीय पियुष चावला मुम्बईका उत्कृष्ट बलरका रूपमा उभिए । उनले ४ ओभरमा २२ रन दिएर तीन विकेट लिए ।
सम्बन्धित समाचार
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

