आईपीएल : चेन्नईमाथि राजस्थानको रोमान्चक जित
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति चेन्नईको घरेलु मैदानमा राजस्थानले ३ रनको रोमान्चक जित दर्ता गरेको हो ।
१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रन बनाए ।
अजिन्क्या राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले १र१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । राजस्थानका ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ्स खेले ।
देवदत्त पडिकलले २६ बलमा ५ चौकसहित ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए । चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २र२ तथा मोईन अलिले १ विकेट लिए । चेन्नई ४ खेलमा २ जित र २ हारसहित पाँचौँ स्थानमा छ ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

