मोर्चाका कार्यकर्ताले एक यूवकलाई पेट्रोल छरेर आगो लगाए
जानकारी केन्द्र
२०७२, मंसिर, १६
मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीमा एक यूवकलाई ज्यूदै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन ।
मोर्चा कार्यकर्ताहरुले नवरपरासीका ३० वर्षीय यूवक घिराउ यादवलाई रुपन्देहीको फर्साटिंकर भन्ने ठाँउमा पेट्रोल छर्केर आगो लगाएका हुन । उनी आगोले पोलेर गंभिर घाईते भएको प्रहरीले जनाएको छ ।
यादव पेट्रोल तस्करीमा संलग्न भएको आरोपमा मोर्चाका कार्यकर्ताहरुले आगो लगाएका हुन ।घाइते भएका यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको सनई-९ पडरीमा आफ्नो फुपुको घरबाट मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको शरिरमा पेट्रोल छर्कि आगो लगाएको बताईएको छ । यादव राति फुपुको घरमा बसेको र बिहान घर फर्किरहेका थिए । उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

