नक्कली पैसा बनाउने लाइ प्रहरीले जाली नोट सहित यसरी पक्राउ गर्यो- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, १६
प्रहरी चौकी कनरीबाट खटिएको टोलीले नेपाली १ हजार दरको जाली नोट १ सय ३ थान सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मसुरीया–३ मटकौना बस्ने २२ बर्षीय राम प्रसाद चौधरी, प्रतापपुर–५ हरदानी बस्ने २३ बर्षीय गोविन्द चौधरी, मुसरीया–४ बडैपुर बस्ने २२ बर्षीय रमेश चौधरी र टिकापुर नगरपालिका–४ बागमारा बस्ने २१ बर्षीय सुरेश चौधरी रहेका छन् ।
धनगढी उपमहानगरपालिका–७ बेली स्थित हुलाकी सडक खण्डमा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई मंगलबार प्रहरी टोलीले चेकजाँच गर्दा राम प्रसाद चौधरीको साथबाट हेर्दा जाली जस्तो देखिने र नोटहरुमा नम्वर समेत एक आपसमा मेल खाने अवस्थामा उक्त नोट बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

