Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

साहुखर्कका ‘खिर बाजे’को निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ९
साहुखर्कका ‘खिर बाजे’को निधन

काठमाडौं । डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’को निधन भएको छ। डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ।

२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। कहिले आगो ननिभाउने उनको खिर पकाउने भट्टि समाजिक सञ्जालमा बेलाबखत भाइरल नै हुने गरेको थियो ।

उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्। ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिकाले समवेदना प्रकट गरेको छ।

Top Changing Nepal

युट्युब सट्स