काठमान्डौं, जेठ १४, सुमन तिवारी
अबको भविष्य बिद्युतीय सवारीको हुने अनुमान अनुसार विश्वभरी नै बिद्युतीय सवारीको प्रयोग बढ्दै गैइरहेको छ । बिद्युतीय सवारी प्रर्वधन कै लागी कतिपय देशहरुमा त अभियान कै रुपमा प्रयोग गरिरहेको पाइन्छ । नेपालमा पनि बिद्युतीय सवारी साधनको प्रयोग दिन प्रतिदिन बढ्दै गैइरहेको सदर्भमा पछिल्लो समयमा ब्यवसायीक बिधुतीय सवारीको प्रयोग पनि बिस्तारै बढि नै रहेको पाइएको छ । प्रशस्त मात्रामा बिद्युत उपभोग गर्ने वातावरण बन्नु सगैं दिन प्रतिदिन बढ्दो पेट्रोलियम पदार्थ त्यो पनि आयातमा निर्भर रहनु पर्ने वाध्यता संगै नेपालमा पनि बिद्युतीय सवारी अबको अनिवार्य विकल्पको रुपमा देखा पर्न थालीसकेको स्पष्ट संकेत सहजै अनुमान गर्न सकिन्छ । आर्थिक रुपमा मात्र नभई वातावरणीय रुपमा समेत बिद्युतीय सवारीले महत्वपूर्ण योगदान गर्न सहयोग पुर्याउने देखिएको छ । अझ नेपालको संदर्भमा हेर्ने हो भने बिद्युतीय सवारीको प्रयोगले पेट्रोलीयम पर्दाथ खरिदमा बाहिरीने ठुलो धन राशि नेपालमै राख्न सहयोग पुग्ने दाबी विज्ञहरुको रहेको छ ।
यसै सन्दर्भमा सिजी मोटर्सले नेपालमा भित्र्याएको के.वाइ.सि ब्राण्डको बिद्युतीय माइक्रोको माग पनि दिनानुदिन बढ्दै गैइरहेको भक्तपुर स्थित सिजि मोटरर्सको आधिकारीक विक्रेता फ्युचर मोटर्सका संचालक गोेविन्द घिमिरेले बताउनु भएको छ । अबको विकल्प बिद्युतिय सवारी नै हो त ? भन्ने हाम्रो प्रश्नको जवाफमा घिमिरेले भने “म आफै लामो समय पेट्रोलियम सवारीमा काम गरेको अनुभवका आधारमा पनि अबको विकल्प बिद्युतिय सवारी नै देखेर बिद्युतीय सवारीको विक्रिवितरणमा लागेको छु । हरेक दृष्टिकोणले हेर्दा पेट्रोलियम सवारीको तुलनामा बिद्युतिय सवारी फाइदा जनक हुने हुदा बिद्युतीय सवारी प्रति ग्राहकहरुको संख्या दिन प्रतिदिन बढ्दै गैइरहेको छ ।”
यस्तै हामीले सम्बन्धित यातायात व्यवसायी शिव बस्नेतसंग पनि हामीले कुराकानी गरेका थियौं , उनले भने नेपालको संन्दर्भमा के.वाइ. सि माइक्रो हरेक दृष्टिकोणले विश्वशनीय देखिएकोले नै आफुले व्यवसायीक रुपमा रुटहरुमा संचालन गदै आइरहेको बताएका थिए भने बिद्युतीय सवारीको बारेमा थप प्रष्ट पार्दै भने “समय समयमा मर्मत, सर्भिस, इन्धन लगायतका कुरामा खर्च नहुने हुनाले सोचे भन्दा राम्रो आम्दानी गर्न सकिन्छ । ”
यस्तै गरेर सिजि मोटर्सले विक्रीवितरण गर्दै आएको के.वाइ.सि माइक्रो चालक तथा व्यवसायी अरुण कुसुडेलका अनुसार पेट्रोलियम सवारीको तुलनामा बिद्युतीय सवारी चलाउन एकदमै सजिलो हुनुका साथै यात्रुहरुले पनि आरामदायी तरिकाले यात्रा गर्न पाउने भएका कारण धेरैको रोजाइमा बिद्युतीय सवारी बन्दै गैरहेको बताएका छन भने आम्दानीका सन्दर्भमा आफुले यस अघि पेट्रोलियम सवारी चलाउदा उल्टै घाटासम्म बेहोर्नु पर्ने अवस्था थियो भने बिद्युतीय सवारी चलाउन थाले पछि भने राम्रै आम्दानी गरिरहेको आफ्नो विगतको अनुभव सुनाउदै प्रष्ट पारे ।
हरेक दृष्टिकोणले नेपालको सदर्भमा बिद्युतीय सवारी प्रर्वधन गर्न अपरिहार्य भैइसको अवस्थामा बिद्युतीय सवारी प्रति अझै पनि सरकारको स्पष्ट निति नहुँदा सम्बन्धित व्यवसायी तथा प्रयोगकर्ता अन्योलमा रहिरहने स्थिती देखा परिरहेको अवस्थामा समयमा नै सरकार लगायत सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु जरुरी देखिन्छ ।
सम्बन्धित सि जि के. वाइ. सि विधुतीय माइक्रो भ्यान चालक तथा व्यवसायी स्थाइ बसोबास सिन्धुपाल्चोक हाल कलंकी वस्दै आएका अरुण कुसुडेलसंग गरेको संक्षिप्त कुराकानी :
अहिले कुन रुटमा माइक्रो चलाइ राख्नु भएको छ ?
अहिले हाम्रो कालो नम्बर प्लेट नभएको कारणले हामीले चाहिँ प्राइभेट टिपहरु गरिराखेका छौ । रिजर्भहरु बोकेर हिड्छौ।
अगाडि कुनै फ्यूल भेइकलहरु पनि चलाउनु भएको थियो ?
सुरुमा मैले टाटा सुमो किनेर सोलु, ओखलढुंगा, माहाकुलुगं भन्ने ठाँउमा हालिरहेको थिए । तेलको कारणले गर्दा धेरै मंहगीमा पर्ने भएर आम्दानी जिरो लेभल भएको कारणले इभिमा चासो राखेको हो ।
चलाइ राखेको सुमोलाई बेच्नु भयो कि एक्सचेञ्ज गर्नूभयो ?
बेचेर इभि लिएको हो ।
यो माइक्रो कसरी लिनुभयो फाइनान्समा कि पुरै चुक्ता गरेर ?
मैले चाइ फाइनान्समै हो सर ।
ए कति प्रतिशत डाउन पेमेन्ट गर्नु भयो ?
३० प्रतिशत डाउन पेमेन्ट गरेर लिएको हो ।
कति वर्ष सम्मलाई ?
५ वर्ष सम्मको लागि लिएको हो सर ।
फूयुलको तुलनामा इभि कतिको फाइदाजनक पाउनु भयो ?
फ्युल भेइकलले अली बढी भाडामा बोक्नु पर्ने स्थिती थियो भने अब अलि कम भाडा गरेर पनि बोक्न सकिन्छ । अब तपाईको इञ्जिन पार्टस भन्दा खेरी अब यसमा इन्जिन पनि हूदैन मोटर र ब्यट्रीले चल्ने हो खासै सर्भिसिंग पनि गर्नु नपर्ने अब त्यही गियर अयलहरु त्यसतै कुलेनहरु फेर्नु पर्दा मोबिलहरु भन्दा चै अलि कम पैसामै हुने ।
ए त्यसो भए किनेर लगि सकेपछि त्यस्तो मेजर प्रोब्बलमहरु आउदैन ?
आउदैन , यो चाही माइलेजमा राम्रो भएकोले यो नै रोजेको ।
कम्पनीको तर्फबाट सर्भिसहरु कस्तो पाइराख्नु भएको छ ?
त्यस्तो केही आएको छैन सर भर्खर भर्खरै लिएको हो हेदै जाहू अब कस्तो हुन्छ ।
ए २ ,३ महिनाको अनुभवमा कतिको फाइदाजनक हुन्छ जस्तो लागेको छ ?
बेनिफिट त राम्रो नै हुन्छ सर अब खर्च कम हुने गाडीमा बेनिफिट त त्यतीकै राम्रो हुने भइहाल्यो नि ।
अरु पनि यो व्यवसायमा आउन चाहनु भयो भने के सल्लाह दिनु हुन्छ अहिलेको सन्दर्भमा ?
अहिले चै त्यही हो सर फ्युलको तुलनामा यो गाडी लियो भने धेरै राम्रो हून्छ ।
सम्बन्धित व्यवसायीसंगको अनुभव सहितको कुराकानी भिडियोमा हेर्नुहोस् ।


