मैवाखोलालाई बेसार खेतीको हब बनाइने
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी गाउँपालिकाले नीतिगत योजना बनाएको छ ।
गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजानिक गर्दै बेसार खेतीका लागि माटो परीक्षणसहित प्राविधिक अध्ययन र बीउ खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ भने यसको प्रशोधन बजारीकरण लगायतका लागिसमेत गाउँपालिकाले सहयोग गर्ने बताइएको छ ।
प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख भए अनुसार बेसारखेती प्रवद्र्धन गरी उद्योग स्थापना र ब्रान्डिङ तथा प्याकेजिङ गरी रोजगार तथा आयआर्जनमा थप टेवा पुग्ने उल्लेख छ । बेसार खेतीले किसानलाई तुलनात्मक रुपमा फाइदा पुग्ने देखिएकाले यसलाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
प्राङ्गरिक कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरण तथा कृषकको आय आर्जनमा वृद्धि गर्ने, कृषि खेती प्रणालीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै अर्गानिक कृषि विकासका लागि गाउँपालिकाले रु २८ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिले शनिबार रु ३९ करोड ७० लाख बजेट सार्वजानिक गरेको छ ।
बेसार खेती सहित व्यवसायीलाई सहुलियत कर्जा प्रदान गरी व्यवसाय उन्मुख बनाउने, शिक्षा क्षेत्रमा नमुना विद्यालय विकास कार्यक्रम मार्फत नौलो कार्य सुरुवात हुने तथा शैक्षिक संस्थामा स्वचालन प्रणालीमा मार्फत विद्यालयको सम्पुर्ण अनुगमन तथा मूल्याङकन र व्यवस्थापन पक्षलाई बलियो बनाउनेलगायत कार्यक्रम प्राथमिकतामा परेका छन् । रासस
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
