• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ८. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण

झापा । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ ।

उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ ।

यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेका छन् ।

गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका–४ र गौरीगञ्ज गाउँपालिका–५ मा गरी ४१ बिघा जमिनमा जी–नाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले रु दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।

फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए ।

उनले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी–नाइन जातका केराको बिरुवा लगाएको बताए । नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उनले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए ।

स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताए । उनले भने, “हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ । बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।” पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उनले बताए । उनले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको बताए । उनले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने बताए ।

“केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ”, उनले भने, “विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौँ ।” उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताए । उनले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताए ।

यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु एक लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो ।

बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति भएका हुन् । इजरालबाट फर्केर विगत चार वर्ष अघिदेखि उनले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी–नाइन र रातो केराको खेती गर्दै आएका छन् । रासस

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    लोकप्रिय

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    ताजा

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.