बजेटसँगै खुसी बाँडियो भन्ने लागेको थियो, दुःख पो बाँडिएछ, सबै रिसाएका छन्ः मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासको मोडालिटी सच्याउन आवश्यक रहेको बताएका छन् । उनले आज (सोमबार) बजेटमाथि उठेको प्रश्नको संसद्मा जवाफ अहिलेको विकासको मोडालिडी सच्याउन आवश्यक रहेको बताएका हुन् । आफूले बजेटसँगै सुख बाँडियो भन्ने लागेपनि योजना परेको ठाउँमा बजेट कम भएर र योजन नपरेका ठाउँमा योजन परेन भनेर धेरै जनता रिसाएको उनले बताए । केन्द्र सरकारले विकट जिल्लामा पनि पाँच, दश लाखको बजेट विनियोजन गर्दा त्यसले विकासमा कुनै प्रगति हुन नसकेको उनले बताए ।
‘बजेटसँगै खुसी पनि बाँडियो भन्ने म आफैंलाई लागेको थियो । तर, बजेटसँगै दुःख बाँडिएछ । जहाँ योजना पर्यो त्यहाँ बजेट कम भएर साथीहरु रिसाउनु भएको छ । जहाँ योजना नै परेन त्यहाँ खुसी हुने कुरै भएन । झनधेरै दुःखी हुनु भएको छ । सबै साथीहरुको भावना दुखेको देखेर झन हामी महादुःखी भएका छौं । विकासको मोडालिटी हामीले सच्याउनै पर्छ,’– उनले भने ।
संघीयताको मर्म र भावना अनुसार योजनाको वर्गीकरण र प्राथामिकीकरण हुनुपर्ने उनको भनाई छ । भावी पुस्ताले गौरव गर्न लायक सम्पदा छोड्ने हो भने आजैदेखि काम सुरु गर्नुको विकल्प नरहेको उनले बताए । नेपालको संस्कृति र पर्यटनको समायोजनबाट आजको नेपाली पर्यटनको विकास गर्नु पर्ने उनको भनाई छ । संसारको ठूलो देशका अगाडि भूगोलमा नेपाल सानो भएपनि आफूहरु भाषा र संस्कृतिमा धनी रहेको र त्यसमार्फत संस्कृतिक गाउँ, नेपाली मौलिकतामा आधारित पर्यटन विकास गर्न आवश्यक रहेको उनले बताए । बजेटको सीमाको कारणले नीति तथा कार्यक्रम अनुसार चल्न अप्ठ्यारो रहेको पनि उनले बताए ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
