प्रेमको चर्चाबीच आमेशले भने -‘समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु’
काठमाडौं । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । ६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।
शोका होस्ट प्रकाश सुवेदीले उनलाई समीक्षाको बुबाआमाले प्रस्ताव गर्नुभयो भने तपाईं उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’
पछिल्लो समय टिकटकमा यी दुईको भिडिओ हरेर विभिन्न अड्कलबाजी भइरहेका छन् । बजारमा आमेश र समीक्षा प्रेममा रहेको चर्चासमेत चलेको छ । तर आमेशले प्रेममा रहेको कुराको खण्डन गरेका छन् । उनले आफूहरू मिल्ने साथी मात्रै भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर, अहिले हामी प्रेममा त छैनौँ, पछि के हुन्छ थाहा छैन ।’ आमेशले प्रेमका मामिलामा आफू अभागी समेत भएको बताएका थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
