प्रेमको चर्चाबीच आमेशले भने -‘समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु’
काठमाडौं । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । ६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।
शोका होस्ट प्रकाश सुवेदीले उनलाई समीक्षाको बुबाआमाले प्रस्ताव गर्नुभयो भने तपाईं उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’
पछिल्लो समय टिकटकमा यी दुईको भिडिओ हरेर विभिन्न अड्कलबाजी भइरहेका छन् । बजारमा आमेश र समीक्षा प्रेममा रहेको चर्चासमेत चलेको छ । तर आमेशले प्रेममा रहेको कुराको खण्डन गरेका छन् । उनले आफूहरू मिल्ने साथी मात्रै भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर, अहिले हामी प्रेममा त छैनौँ, पछि के हुन्छ थाहा छैन ।’ आमेशले प्रेमका मामिलामा आफू अभागी समेत भएको बताएका थिए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

