अख्तियारको प्रारम्भिक तथ्याङ्कमा ७६० जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ। सोमबार आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको प्रारम्भिक तथ्याङ्क समेटिएको संक्षिप्त विवरण प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/०८०मा दायर भएका १६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनका अनुसार त्यसमा एक जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छन्। अन्य ३५५ जना राष्ट्रसेवक कर्मचारी, १७८ जना बिचौलिया एवं मतियार र २६६ जना निर्वाचितरमनोनित पदाधिकारीहरू छन्।
४४२ जना प्रतिवादीले गैरकानुनी लाभहानी लिएको, ४६ जनाले घुस लिएको, १५० जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको र २९ जनाले गैरकानुनी सम्पत्ति आर्जन गरेका प्रतिवादीहरू छन्।
त्यस्तै आठ जना नक्कली शैक्षिक प्रमाण-पत्र, ४६ जना राजस्व हिनामिना र विविध कसुरका ३९ प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरूको मुद्दा विशेष अदालतमा दायर गरी जम्मा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी गरिएको प्रवक्ता दाहालले बताए।
अख्तियारले विशेष सूचनाको आधारमा स्टिङ अपरेशन पनि सञ्चालन गर्ने गरेको छ। जसबाट गएको आर्थिक वर्षमा अख्तियारले ३७ स्टिङ अपरेशन गरेको छ।
जसबाट ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ८ जना निर्वाचित पदाधिकारीहरू पक्राउ परेका हुन्। यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा उजुरी र फर्छ्यौटको संख्या बढेको अख्तियारले जनाएको छ।
आव ७८/८९ मा भ्रष्टाचारका २४ हजार ३३१ उजुरी परेकोमा १७ हजार १६९ मुद्दा फर्छ्यौट भएका थिए। गत वर्ष भने २७ हजार ५३० उजुरीमा १८ हजार २४५ उजुरी फर्छ्यौट भएका हुन्।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
