एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो ?
काठमाडौं । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ ।
विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख भने बिदामा बसेको पाइएको हो ।
अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखमा सहसचिव अरुण पोखरेल छन् । उनी १७ असारदेखि बिदामा छन् । उनले १७ भदौसम्मका लागि बिदा स्वीकृत गराएका छन् । ढाडमा समस्या आएको भन्दै दुई महिना लामो बिदामा बसेका पोखरेलले बिदाको जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महत र भन्सार विभागको महानिर्देशकलाई पनि गराएका थिए ।
यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुखमा बिदामा थिए भन्सार र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी छन् । उनी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ ।
उनी बिदामा बसेकै दिन राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । उनले मंगलबारबाट लागू हुनेगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एकसाता लामो बिदा स्वीकृत गराएका थिए ।
उनी अब आगामी मंगलबार मात्रै कार्यालय उपस्थित हुनेछन् । उता, भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस भइसकेको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

