• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

भीमदत्तका सपना पूरा भएमात्रै कृषि क्रान्ति : सुनिल कुमार मानन्धर

काठमाडौँ । किसान नेता भीमदत्तका अधुरा सपना पूरा भएमात्रै नेपाली किसान आन्दोलन सफल हुने वक्ताहरुले बताएका छन् । भीमदत्त पन्तको स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रमको बक्ताहरुले कृषि क्रान्ति सफल भएमात्रै सबै वर्ग जाति र क्षेत्रको मुक्त हुने बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मंगलबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिल कुमार मानन्धरले भीमभत्त पन्त नेपाली किसान आन्दोलनको लागि प्रेरणास्रोत भएको बताउँदै अधुरो सपना पूरा गरेमात्रै मुक्ति पाइने बताए । उनले सहिदहरुले देखाएको बाटो अगाडि बढ्नुपर्ने बताए ।

“भीमदत्त पन्त किसान आन्दोलनको प्रेरणाको स्रोत हो । उहाँले त्यो बेला उठाएको किसानका समस्या अहिले पनि उस्तै छन् । व्यवस्था फेरिएपनि किसानको अवस्था फेर्नुपर्ने अवस्था छ । भीमदत्तले देखाएको बाटोमा हिँडेमात्रै किसानको मुक्ति हुन्छ” मानन्धरले भने । महासंघको अध्यक्ष चित्रबहादुर श्रेष्ठले भीमदत्तको जीवन प्रस्तुत गर्दै उहाँको संघर्षले किसान आन्दोलनलाई नयाँ उचाई उठाएको बताए । श्रेष्ठले पन्तले उठाएको किसान आन्दोलनको उत्तराधिकारी आफूहरको संगठन भएको बताउँदै पन्तले देखाएको बाटोबाटै किसानको मुक्ति हुने बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सेसुराम भण्डारीले भीमदत्तलाई किसानहरुले युगौंयुगसम्म सम्झिरहने बताउँदै किसान संघर्षको लागि प्रेरणाको स्रोत बनेको बताए । चलचित्र ‘भीमदत्त’ नायक तथा निर्माता नवल खड्काले भिमदत्त पन्तको जीवन र बलिदानलाई सम्झेर आफु निकै रोएको बताए । “म उहाँको बलिदान उहाँको परिवार र उहाँको जीवनीलाई सम्झेर धेरै रोएँ । राज्यले भीमदत्तजस्तो व्यक्तिलाई राष्ट्रिय सम्मान दिनुपर्छ र उहाँलाई सहिद घोषणा गर्नु पर्छ । यसैको लागि भएपनि मैले चलचित्र बनाउनु पर्छ जस्तो लाग्यो” खड्काले भने ।

कार्यक्रममा महासंघका उपाध्यक्ष पन्तले देखाएको बाटोमा आफूहरु निरन्तर अगाडि बढेको बताउँदै किसान आन्दोलन सफल नभएसम्म हजारौं भीमदत्त जन्मिरहने बताए । कार्यक्रमका संचालक तथा महासंघका महासचिव नहेन्द्र खड्काले कृषि क्रान्ति, किसान संघर्ष, सामाजिक न्याय र समाजवाद पुग्न भीमदत्त जस्ता योद्धाले देखाएको बाटोबाट मात्रै सम्भव भएको बताए । खड्काले भीमदत्ताका सपना पूरा भएमात्रै नेपाल कृषि क्रान्ति हुने दाबी समेत गरे । कार्यक्रममा महासंघको हालै सम्पन्न केन्द्रीय सचिवालयको प्रथम विस्तारित बैठकले गरेका निर्णयको जानकारी समेत दिइएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.