टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक
काठमाडौं । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन। नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोमा रोहन आशिभको कोरियोग्राफी छ ।
टेलिफिल्मका लेखक तथा निर्देशक बासुदेव पोखरेल हुन् । उनले अभिनय पनि गरेका छन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्म यही साउन २४ गतेबाट ओएसआरको युटुबबाट सार्वजनिक हुँदैछ। टेलिफिल्म निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गरेका हुन् ।
सिरियलमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ । सधैं जमीन तिर मात्रै हेर्ने, साधारण मानिसले झै सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक बासुदेव पोखरेलले बताए ।
टेलिफिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नबराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय छ ।
टेलिफिल्ममा सिद्वार्थ गौतमको छायांकन, क्यामुदिन मियाको सम्पादन र मिक्सिङ्ग, समीर मियाको कलर, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, सविन गायकको पोष्टर र टाइटल डिजाइन, राजकुमार त्रिखत्रीको पार्श्व संगीत छ । टेलिफिल्मको शिर्ष गीतमा किशोर सुबेदीको संगीत र गायन रहेको छ । अर्को गीतमा विकास चौधरीको संगीत र स्वर रहेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

