गृहको प्रेस सल्लाहकार बनेर ठगी धन्दा, कसरी खुल्यो रहस्य
काठमाडौं । हनी ट्रयापमा पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं बानेश्वर बस्ने २४ वर्षकी अनिता मगर भनेर चिनिने सिया मगर रहेकी छन् । उनले बिवाहित केटाहरुसँग सामाजिक सञ्जालमा जोडिएर सम्बन्धमा बस्ने सम्मको कुरा गर्ने गरेकी थिइन् । त्यसपछि गिरोह लगाएर पैसाको माग गर्ने गरेकी प्रहरीले जनाएको छ ।
गिरोहले पीडितहरुलाई फेसबुकमा अनिता मगरको नामबाट साथी बनाउने गरेका थिए । त्यसपछि मेसेन्जरबाट कुराकानी गर्ने र सियाले पिडितहरुलाई विभिन्न स्थान तथा होटलमा जानको लागि अनुरोध गर्ने गरेकी प्रहरीले जनाएको छ ।
होटलमा सामान्य कुराकानी गरी विभिन्न बाहानामा बाहिर निस्कने र सियाले आफुहरुको सम्बन्ध आफ्नो दाजु भाउजुले थाहा पाएको भन्दै उनीहरुले भने अनुसार नै गर्न अह्राउने गरेकी अनुसन्धानबाट खुलेको छ ।
त्यस लगत्तै गिरोहका अन्य सदस्यले पीडितहरुलाई कल तथा म्यासेज गरी धाकधम्की दिने, रकम माग गर्ने तथा ब्याल्यकमेलिङ गर्ने गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए ।
सिया मगरलाई पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्न सिन्धुपाल्चोक बलेफी गा.पा. ४ मान्खा घर भई बानेश्वर बस्ने दिपक पराजुलीले सहयोग गरेका थिए । गिरोहमा पक्राउ परेका उनी पेशाले गाडी चालक हुन् ।
उनले पिडितहरुलाई भने आफु गृह मन्त्रालयको प्रेस सल्लाहकार बताउने गरेको प्रहरीले जनाएको छ । पराजुलीले पीडितको सम्पुर्ण विवरण रेकर्ड राखी पैसाको माग गरी पत्रकार हुँ भन्दै तर्साउने भुमिका खेलेका थिए ।
गिरोहमा म्यासेज र भेट गरी ब्याल्यकमेलिङ गर्ने भुमिका राइडरले खेलेका थिए । पेशाले राइठ सेयरिङ गर्ने बलेफीकै २७ वर्षका विमल सुवेदीले धाक धम्की दिएर पैसा माग गर्ने गरेका प्रहरीले जनाएको छ ।
सोही पेशामा लागेका सिन्धुपाल्चोक सुनकोशी गा.पा. ७ घरभइ भक्तपुर जिल्ला सानोठिमी बस्ने २४ वर्षका सरोज तिमल्सेनाले भने भेट गर्न बोलाएका बेला निगरानी गरेर डर त्रास देखाउने गरेका ललितपुर प्रहरीले जनाएको छ ।
गिरोहविरुद्धको उजुरीमाथि अनुसन्धानका क्रममा ३ लाखको चेक लिइसकेको अवस्थामा काठमाडौं बालकुमारीस्थित द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनबाट बुधबार पक्राउ गरी प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट धाकधम्की दिन प्रयोग गरिएको मोबाइलको सीमकार्ड, पिडितले दिएको चेकसहित अन्य प्रमाणहरुसमेत बरामद गरेको छ । उक्त गिरोहले अर्का एक जना पीडितबाट समेत २०८० असार २८ गते ३ लाख २५ हजार रुपैंया लिएको पाइएको ललितपुर प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध दुई जना पिडितहरुले आपराधिक लाभको कसुरमा जाहेरी दिएका छन् । उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल