गृहको प्रेस सल्लाहकार बनेर ठगी धन्दा, कसरी खुल्यो रहस्य
काठमाडौं । हनी ट्रयापमा पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं बानेश्वर बस्ने २४ वर्षकी अनिता मगर भनेर चिनिने सिया मगर रहेकी छन् । उनले बिवाहित केटाहरुसँग सामाजिक सञ्जालमा जोडिएर सम्बन्धमा बस्ने सम्मको कुरा गर्ने गरेकी थिइन् । त्यसपछि गिरोह लगाएर पैसाको माग गर्ने गरेकी प्रहरीले जनाएको छ ।
गिरोहले पीडितहरुलाई फेसबुकमा अनिता मगरको नामबाट साथी बनाउने गरेका थिए । त्यसपछि मेसेन्जरबाट कुराकानी गर्ने र सियाले पिडितहरुलाई विभिन्न स्थान तथा होटलमा जानको लागि अनुरोध गर्ने गरेकी प्रहरीले जनाएको छ ।
होटलमा सामान्य कुराकानी गरी विभिन्न बाहानामा बाहिर निस्कने र सियाले आफुहरुको सम्बन्ध आफ्नो दाजु भाउजुले थाहा पाएको भन्दै उनीहरुले भने अनुसार नै गर्न अह्राउने गरेकी अनुसन्धानबाट खुलेको छ ।
त्यस लगत्तै गिरोहका अन्य सदस्यले पीडितहरुलाई कल तथा म्यासेज गरी धाकधम्की दिने, रकम माग गर्ने तथा ब्याल्यकमेलिङ गर्ने गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए ।
सिया मगरलाई पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्न सिन्धुपाल्चोक बलेफी गा.पा. ४ मान्खा घर भई बानेश्वर बस्ने दिपक पराजुलीले सहयोग गरेका थिए । गिरोहमा पक्राउ परेका उनी पेशाले गाडी चालक हुन् ।
उनले पिडितहरुलाई भने आफु गृह मन्त्रालयको प्रेस सल्लाहकार बताउने गरेको प्रहरीले जनाएको छ । पराजुलीले पीडितको सम्पुर्ण विवरण रेकर्ड राखी पैसाको माग गरी पत्रकार हुँ भन्दै तर्साउने भुमिका खेलेका थिए ।
गिरोहमा म्यासेज र भेट गरी ब्याल्यकमेलिङ गर्ने भुमिका राइडरले खेलेका थिए । पेशाले राइठ सेयरिङ गर्ने बलेफीकै २७ वर्षका विमल सुवेदीले धाक धम्की दिएर पैसा माग गर्ने गरेका प्रहरीले जनाएको छ ।
सोही पेशामा लागेका सिन्धुपाल्चोक सुनकोशी गा.पा. ७ घरभइ भक्तपुर जिल्ला सानोठिमी बस्ने २४ वर्षका सरोज तिमल्सेनाले भने भेट गर्न बोलाएका बेला निगरानी गरेर डर त्रास देखाउने गरेका ललितपुर प्रहरीले जनाएको छ ।
गिरोहविरुद्धको उजुरीमाथि अनुसन्धानका क्रममा ३ लाखको चेक लिइसकेको अवस्थामा काठमाडौं बालकुमारीस्थित द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनबाट बुधबार पक्राउ गरी प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट धाकधम्की दिन प्रयोग गरिएको मोबाइलको सीमकार्ड, पिडितले दिएको चेकसहित अन्य प्रमाणहरुसमेत बरामद गरेको छ । उक्त गिरोहले अर्का एक जना पीडितबाट समेत २०८० असार २८ गते ३ लाख २५ हजार रुपैंया लिएको पाइएको ललितपुर प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध दुई जना पिडितहरुले आपराधिक लाभको कसुरमा जाहेरी दिएका छन् । उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
