Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १९
मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

काठमाडौं । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाले संगीत भर्नुका साथै शब्द रचना गरेका उक्त गीतको श्रव्य दृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन् ।

गायिका थापाले अडियो र श्रव्य दृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन्। उनले भनिन्, ‘गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।’

संगीततकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताए। थापाले भने, ‘नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हुँदैन अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।’ राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स