सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
जानकारी केन्द्र
२०८०, भाद्र, १०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ ।
आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।
उक्त मुद्दाको सुनुवाई लामो समयदेखि पटक–पटक स्थगित हुने गरेको छ । पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज पेश गर्न भनेपछि उक्त कागज पेश भइसकेकाले आज पेशी तोकिएको हो ।
गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
मुद्दामा सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा सन्दीप आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।
सम्बन्धित समाचार
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

