Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

कतारबिरुद्ध नेपालको सहज जित, एक खेल अगावै सेमिफाइन प्रवेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १८
कतारबिरुद्ध नेपालको सहज जित, एक खेल अगावै सेमिफाइन प्रवेश

काठमाडौ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले कतार बिरुद्ध ९ विकेटको सहज जित हात पारेको छ ।

नेपालले जितका लागि पाएको ७५ रनको लक्ष्य १०.३ ओभरको खेलमै एक विकेटको क्षेतीमा पुरा गर्दै जित हाँशिल गरेको हो ।

मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ए मा ६ र समूह बी मा पाँच टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ ।

नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

Top Changing Nepal

युट्युब सट्स