तीजको दिन रक्सीले मातेर घर आएका छोराले गरे बुबाको हत्या
जानकारी केन्द्र
२०८०, आश्विन, २
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले बुबाको हत्या गरेका छन् । हिजो साँझ मादक पदार्थ सेवन गरी घर आएका अन्दाजी २५ वर्षका छोरा लुरे भनिने भुवन दर्जीले ६२ वर्षीय बुबा बलबहादुर दर्जीलाई दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बुबाछोराबीच पटकपटक झगडा हुने गरेको थियो । दाउरा प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । हत्या अभियोगमा भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल

