रोशन पोखरेल
रौतहटको गरूडामा चिनी बोकेको एउटा ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताहरूले आगो लगाएका छन। ना ३ ख १७० नम्बरको ट्रक रातिको समयमा मोर्चाका कार्यकर्ताहरूले आगो लगाएका इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ। प्रहरीका अनुसार ट्रकको अगाडीको भाग पूर्ण रूपमा जलेको छ भने करिब एक लाख बराबरको चिनी समेत नष्ट भएको छ।