Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

मंगोलियामाथि नेपालको जित, एकै खेलमा बन्यो यी कीर्तिमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १०
मंगोलियामाथि नेपालको जित, एकै खेलमा बन्यो यी कीर्तिमान

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले कीर्तिमानी जित निकालेको छ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको हो । यो टी-२० मा फराकिलो अन्तरको जित हो ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो । ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो ।

नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले मंगोलियाका २र२ विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए । मंगोलियामा जमयानसुरेन दावासुरेनले टिमका लागि सर्वाधिक १० रन बनाए ।

नेपालका लागि कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि(२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि-२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका थिए । उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि-२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक हानेका थिए ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ । आइसिसी टि-२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ ।

नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स