Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

१९औं एसियाली खेलकुद : टस जितेर माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १४
१९औं एसियाली खेलकुद : टस जितेर माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।

यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो। माल्दिभ्सले पनि आफ्नो पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो।

नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ। मंगोलियाविरुद्धको खेलमा ११ वटा विश्व कीर्तिमान बनाएको नेपाल माल्दिभ्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छ।

Top Changing Nepal

युट्युब सट्स