लोडसेडिङ भएपछि सिंहदरबारमा सबै काम ठप्प, के हेरेर बसेका छन् कुलमान घिसिङ ?
काठमाडौं । पछिल्लो समय लोडसेडिङ धेरै नै हुने गरेको छ । बेला बेलामा बत्ति जाने र आउने क्रम नियमित कार्यतालिकाजस्तै बनेको छ । उद्योग तथा कलकारखानादेखि सर्वसाधारण जनता बत्ति नहुँदा ठूलो मारमा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि बेला बेला विजुली जाने समस्याको ठूलो मारमा परेको छ ।
आज (आइतबार) पनि सिंहदरबारमा बत्ति नहुँदा सबै काम ठप्पजस्तै भएको छ । अहिले डेढ घण्टादेखि सिंहदरबारमा बत्ति नहुँदा सेवा ठप्प भएको छ। सेवाग्रहीहरु मन्त्रालयका चमेना गृहमा बसेर दिन काटिरहेका छन् । कर्मचारीहरु कामविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको नेतृत्वको भूमिकालाई लिएर अहिले आलोचना हुन थालेको छ ।
एकातिर विजुलीको खपत भएन भनेर विजुली गाडीको प्रयोगको लागि नारा घन्काउने प्राधिकरण जनतालाई नियमित (२४सै घण्टा) विजुली पनि दिन नसक्ने अवस्थामा छन् । प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यशैलीलाई लिएर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले पनि असन्तुष्टि पोख्न थालेका छन् ।
प्रधानमन्त्री दाहाल हिजोमात्रै अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फकिएका छन् । आजै भोलिभित्र घिसिङलाई बोलाएर छलफल गर्ने उनको तयारी छ । लोडसेडिङ हटाएको जस लिएर वाहवाही कमाएका घिसिङ अहिले जनताले दैनिक विजुलीको सास्ती खेप्दा के हेरेर बसेका छन्? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
