इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चियोस : एलिजा गौतम
काठमाडौं । समाजसेवी तथा चर्चित नायिका एलिजा गौतमले इजरायलमा रहेका सबै नेपालीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिन सरकारसमक्ष आग्रह गरेकी छिन् । उनले इजरायलमा रहेका नेपालीहरुले उद्धारको लागि याचना गरेका भिडिओ र अन्य सामाग्रीहरु बाहिरिएको अवस्थामा पनि सरकारले आवश्यक कदम नचालेको भन्दै आक्रोशसमेत पोखेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्–
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अनाहकमा १० जना नेपालीले ज्यान गुमाएका छन् । म मृत्तआत्माहरुको चीर शान्तिको कामना गर्दछु । शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु । यतिवेला इजरायलमा कार्यरतरअध्ययनरत नेपालीहरूको अवस्था विकराल बनेको छ ।
नेपालीहरु बङ्करभित्र भोक भोकै रहेका समाचार आईरहेका छन् । कतिपयले सहयोगको याचना गरेका भिडिओ पनि सार्वजनिक भएका छन् । सरकार कहाँ छ ? के हेरेर बसेको छ ? आफ्नो देशको नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने होईन ? उनीहरुलाई सकुशल उद्धार गरेर स्वदेश फर्काउने दायित्वबाट सरकार यसरी विमुख हुन मिल्छ ? त्रासदीपूर्ण अवस्थामा गुज्रिएका नेपालीहरुको उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति खर्चिनुपर्ने बेला आएको छ।
सरकार र सम्बद्ध अधिकारीहरुको काम भनेको यति जनाको निधन भयो अनि यति जना बङ्करभित्र छन् भनेर सूचना दिने मात्र नहोस । इजरायलमा रहेका सबै नेपाखलीहरुको सकुशल उद्धारको लागि तत्काल पहलकदमी लिने काम होस । म सम्माननीय प्रधानमन्त्री र उहाँ नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । –एलिजा गौतम
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
