Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

नेपालको शानदार विजयी सुरुवात, इरान २७४ रनले पराजित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २५
नेपालको शानदार विजयी सुरुवात, इरान २७४ रनले पराजित

काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको रवाफिलो जित दर्ता गराएको छ ।

नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछयाएको इरान ३१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले शानदार विजयी सुरुवात गरेको हो । इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए । आकाश चन्द र हेमन्त धामी पनि समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिला व्याटिङमा उत्रिएको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३५३ रनको योगफल खडा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान देव खनालले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।

खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।

इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका थिय ।

Top Changing Nepal

युट्युब सट्स