नेपालको शानदार विजयी सुरुवात, इरान २७४ रनले पराजित
काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको रवाफिलो जित दर्ता गराएको छ ।
नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछयाएको इरान ३१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले शानदार विजयी सुरुवात गरेको हो । इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए । आकाश चन्द र हेमन्त धामी पनि समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिला व्याटिङमा उत्रिएको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३५३ रनको योगफल खडा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान देव खनालले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।
खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।
यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।
इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका थिय ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
