बहराइनविरुद्ध नेपालको सानदार जित
काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । मेलिसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो । नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो ।
बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्रै तीन विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालले समान ३२ रन जोड्दै टिमलाई सजह जिततर्फ लम्काएका थिए । २७ बल सामना गरेका कप्तान देवले १ छक्का र ४ चौका हिर्काए भने ३१ बल सामना गरेका अर्जुनले ५ चौका हिर्काए ।
पहिलो ओभरमै ५ रन बनाउँदा नेपालले २ विकेट गुमाएको थियो । ओपनरद्धय दीपक बोहारा र उत्तम थापा मगर ५ रनमै पेबेलियन फर्किएका थिए । त्यसपछि आएका दीपकप्रसाद डुम्रेपनि २ रनमै आउट भएका थिए ।
चौथो विकेटका लागि कप्तान देव खनाल र अर्जुन कुमालले ६४ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालले सहज जित निकालेको हो । यसअघि टस जितेको हराइनले पहिले ब्याटिङ गर्दै ३८ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो । नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।
बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।
नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । २ खेलबाट ४अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

