दुर्गा प्रसाईँको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट फिर्ता
काठमाडौं ।आफूलाई प्रशासनले घरमै बन्धक बनाएको भन्दै दुर्गा प्रसाईँको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिइएको छ ।
वारेसमार्फत रिट निवेदन दर्ता गराएका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँलाई प्रशासनले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले आफूहरुले रिट फिर्ता लिएको बताए ।
उक्त बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईका लागि आज सर्वोच्चका न्यायाधीश डा. कुमार चुँडालको इजलासमा परेको भएपछि निवेदकले नै रिट फिर्ता लिएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष प्रसाईँले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए । प्रदर्शनको तयारी गरेको भएपनि उक्त स्थानमा कार्यक्रम गर्नका लागि उनले सम्बन्धित निकायसँग अनुमति लिएका थिएनन् । प्रसाईँलाई सुरक्षा संवेदनशीलताको कारण देखाउँदै उक्त दिन प्रहरीले घरबाट बाहिर निस्कन दिएको थिएन ।
प्रसाईँलाई अघोषित बन्दी बनाएर नागरिकको आवाज दवाउने प्रयास गरेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । उक्त आलोचना पश्चात हिजो भने प्रसाईँले सिफलमा कार्यक्रम गरे ।
सम्बन्धित समाचार
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

