यस्ता छन् किबी फल खानुका फाइदा
काठमाडौं । किबी फल धेरै पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । किबी फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाइ खाने गरिन्छ । किबीको व्यवसायिक खेती अहिले नेपालमा पनि सुरु भएको छ । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, इलामलगायतका जिल्लाहरुमा किबीको व्यवसायिक खेती भइरहेको छ ।
किबी फलको सेवन गर्भवती महिला, मधुमेह, मुटुसम्बन्धी रोग, मांशपेशीय क्षय, मोटोपना, दमजस्ता रोग भएकाहरुलाई लाभदायक हुन्छ ।
किबी लहरामा फल्ने बहुवर्षीय प्रकृतिको फल हो । यो फल रोपेको चौथो महिनादेखि नै फल्न सुरु गर्छ । आम्दानीको हिसाबले पनि यो फल एकदमै राम्रो रहेको छ । किबी एउटा बोटमा सरदर ५० केजीसम्म फल्ने कृषकहरु बताउँछन् । किबीको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा यसलाई लिइन्छ ।
किबीमा स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा पाइने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । किबीमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्दछ । किबीमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले यो फल नियमित सेवन गर्दा पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिँदैन ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
