अफगानस्तानविरुद्ध भिड्ने नेपाली टिम सार्वजनिक, थपिए दिपक बोहरा
काठमाडौ । यूएईमा हुने यू–१९ एसिया कपमा अफगानस्तानविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ ।
सोमबार एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यू–१९ एसिया कप खेल्ने नेपाल र अफगानस्तानको टिम सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीमा नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको अन्तिम १४ मा दिपक बोहराको नाम थप भएको छ । क्यानले एक हप्ताअघि सार्वजनिक गरेको खेलाडी सूचीमा दिपकको नाम थिएन ।
यू–१९ एसिया कप खेल्ने नेपालको टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुल्सन कुमार झा, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दिपक बोहरा
यू–१९ एसिया कप खेल्ने अफगानस्तानको टिमः
नसिम खान मरोफ खिल (कप्तान), जम्सिद जद्रान, खलिद तनिवाल, अक्रम मोहम्मदाजै, सोहिल खान जुरमातै, राहिमुल्लाह जुरमाटी, नुमान शाह अगाह अगाह, मोहम्मद युनुस जद्रान, वाफिउल्लाह ताराखिल, अल्लाह मोहम्मद गजानफार, वाहिदुल्लाह जद्रान, वसिर अहमद अफगान, फारिदोन दाओदजै, खलिल खलिल अहमद र आशिफ मोहम्मद तनिवाल ।

सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
