प्रहरीद्वारा सर्लाहीको १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोलामा प्रहरीले आज शुक्रबार १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । अवैध रुपमा स्थानीयले लगाएको करिब १५ बिघाको गाँजा फडानी गरेर नष्ट गरिएको हो ।
गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थिए । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरिएको हो ।
गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने स्थानीय प्रशासनको तयारी छ । प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको गरेको भएपनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् ।
सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् । त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन् ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह