यू–१९ एसिया कप क्रिकेटः नेपालले आज भारतको सामना गर्दै
काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच खेल हुँदैछ। जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।
समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ। नेपाल र भारतबीचको खेल बिहान ११ः १५ बजे सुरु हुनेछ।
४ टोली सहभागी समूह ‘ए’ मा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ। हालसम्मको अवस्थामा ४ वटै टोलीले समान २÷२ खेल खेलेका छन्। जसमा पाकिस्तानले दुबै खेलमा जित हात पारेको छ भने भारत एकमा जित र एकमा पराजित भएको छ। अफगानिस्तानले पनि एकमा जित र एकमा पराजय भोगेको छ। नेपालले हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
