आईपीएल अक्सनमा कोहि अटाएनन्, पीएसएलको ड्राफ्टमा १० नेपाली खेलाडी
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश गरिएको छैन ।
यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन् । अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ ।
यस अक्सनबाट कुल ७७ खेलाडी बिक्रि हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ । अक्सनमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् ।
यस्तै आईपीएल अक्सनमा नपरेपनि नेपाली क्रिकेट टोलीका १० खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । पीएसएलको ड्राफ्ट बुधबार हुँदैछ ।
प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर (१ करोड ४० लाख रुपैयाँ) पाउनेछन् । गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर (५० लाख रुपैयाँ) पाउनेछन् । सिल्भर क्याटेगोरीमा बिक्ने खेलाडीले १८ हजार अमेरिकी डलर (२५ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

