भारतविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौं । यूएईमा जारी एसीसी यू(१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ८ ओभरमा कुनैपनि विकेट नगुमाई लक्ष्य पूरा गरेपछि नेपाल १० विकेटको हार बेर्होन बाध्य भयो ।
भारतका लागि अर्शिन कुलकर्णी र आर्दश सिंहले नटआउट रहँदै क्रमस ४३ र १३ रन जोडे । यो जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भने नेपाल जितवीहिन रहँदै प्रतियोगीतााबाट बाहिरिएको छ ।
यसअघि टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २१ ओभरमा ५२ रनमा अलआउट भएको थियो । नेपालले यू–१९ क्रिकेट इतिहासमा गरेको यो अहिलेसम्मकै खराब प्रदर्शन हो। यसअघि सन् २००८ मा नेपाल वेष्ट इण्डिविरुद्ध ७४ रनमा अलआउट भएको थियो।
भारतविरुद्ध लज्जास्पद ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। हेमन्त धामीले बनाएको ८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आकाश चन्द ४ रनमा नटआउट रहे।
ओपनर अुर्जन कुमाल र दिपक बोहोराले बनाएको ७ रन थपे। गुल्सन झा र दिपेश कँडेलले समान ४ रन थपे। कप्तान देव खनाल र सुवास भण्डारी समान २ रनमा क्याच आउट भए।
नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। उत्तम थापा मगर शुन्य रनमा आउट भए। दिपक डुम्रे गोल्डेन डगआउट भए।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए। घातक बलिङ गरेका राजले ९।१ ओभरमा ३ मेडन राख्दै मात्र १३ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए। अर्सिन कुलकर्नीको नाममा एक विकेट रह्यो।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

