रमाइलो क्षेत्र जगडोल डाँडा, पिकनिक एवम् हाईकिङका लागि उत्कृष्ट क्षेत्र
काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो, गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको दूरीमा रहेको यो पिकनिक स्पट ६५० रोपनीमा फैलिएको छ । ठूलो जंगल र वरपर घुम्नको लागि राम्रो वातावरण भएको यस क्षेत्रमा रमाइलो गर्दै दिन विताउन सकिन्छ ।
अहिले काठमाडौं उपत्यकामा एक दिने पैदल यात्रा (हाईकिङ) गर्ने चलन पनि बढेको छ । कुनै सार्वजनिक विदाको दिन वा शनिबारका दिन काठमाडौंका हाईकिङ रुटहरुमा युवाहरुको राम्रै उपस्थिति देखिन्छ । त्यसमध्य हाईकिङका लागि एक उत्कृष्ट विकल्प हो, जगडोल डाँडा ।
जगडोल डाँडामा रहेको गोकर्ण पार्कसँगै झण्डापार्कले सबैलाई छुट्टै आनन्दको महसुस दिनेछ । काठमाडौं उपत्यकाभित्र एक डेढ घन्टामै पुग्न सकिने जगडोल डाँडा हाईकिङ रुटमा यात्रा गर्न रुचीकर लाग्नेहरुका लागि पनि उत्कृष्ट गन्तव्य हो।
काठमाडौं उपत्यकाभित्र रहेका अनेकौँ हाईकिङ रुटहरुमध्ये हिँड्नका लागि तुलनात्मक रुपमा निकै सहज, धेरै उकाली ओराली नभएको, छोटो समयमा पुग्न र फर्किन सकिने, खुल्ला ठाउँसहित पदमार्ग भरी निकै सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
गोकर्णेश्वर महादेव मन्दिर नजिक रहेको पुरानो फलामे पुलबाट यज्ञडोल (जगडोल) सामुदायिक वन हुँदै उत्तर लागेर वा चावहिलको चुच्चेपाटी, महाङ्काल, आरुवारी हुँदै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) एवम् झण्डापार्क पुग्न सकिन्छ ।
चक्रपथ-बुढानिलकण्ठ रुटमा पर्ने भङ्गालबाट पूर्व लागेर चुनिखेल हुँदै पनि जगडोल पुग्न सकिन्छ । यो क्षेत्र बच्चाहरु देखि हिँड्न नसक्ने वृद्धहरुका लागि समेत सहज र उपयुक्त स्थान हो ।
वनभोज गर्न एवम् रमणीय स्थानमा टहलिने उद्देश्यले उपत्यकाका धेरै मानिसहरु यहाँ पुग्छन् । मन्त्रिपरिषद्को वि.सं. २०६४ जेठ ११ गतेको निर्णय अनुसार यहाँ स्मारक निर्माण गरिएको छ ।
पौराणिक कालमा लङ्काका राजा रावणले यज्ञ गर्दा जम्मा भएको चरुको थुप्रोले करिब ६५० रोपनी क्षेत्रफलको यो डाँडो निर्माण भएको धार्मिक विश्वास छ । यसैले यस वनको नाम यज्ञडोल अर्थात् जगडोल रहेको स्थानीयवासी बताउँछन् ।
वैदिक सनातन धर्मावलम्बीले दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्दा २१ कुलसम्मका पितृ तर्छन् भन्ने मान्यता रहेको गोकर्णेश्वर महादेव मन्दिरसँगै यो क्षेत्र अवस्थित छ । वि.सं. २०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत स्मारकमा निर्माण भएको हो ।
लखन थापासहित राणाको शासनको अन्त्यदेखि दोस्रो जनआन्दोलनसम्म स्वतन्त्रताका लागि लड्ने योद्धाको सम्झनामा गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क निर्माण गरिएको छ ।
वि.सं. २०६२/६३ को पछिको मधेश आन्दोलनमा शहीद भएकाको सम्झनामा समेत स्मारकका संरचनामा नाम कुदिएको छ । स्मारक निर्माण आयोजना सरकार, समुदाय र निजी साझेदारीमा वि.सं. २०६७ देखि काम अघि बढेको थियो ।
गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीय स्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजना अनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि शहादत प्राप्त गर्ने शहीदको स्मृतिमा स्मारक बनाइएको हो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
