१६ जना सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ ।
बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरिएको छ ।
यस्तै, जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु, सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशीधर घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
आनन्द काफ्लेलाई पाल्पा, प्रेमप्रसाद भट्टराईलाई मोरङ, भोला दाहाललाई गोरखा, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, स्किम श्रेष्ठलाई गृह, झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

