काठमाडौँ । बलिउड सिनेमा ‘डंकी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड भारु कलेक्सन गरेको छ । अभिनेता शाहरूख खान अभिनीत चलचित्रले सुखद कलेक्सन सुरु गरेको हो ।
राम्रो समीक्षा पाए पनि ‘डंकी’को वर्ड अफ माउथ भने राम्रो छैन ।राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।