Jankari Kendra
१० श्रावण २०८३, आईतवार

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, मृतकको शव रातभर घटनास्थलमै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, पुष, २१
सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, मृतकको शव रातभर घटनास्थलमै

काठमाडौं । सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।

 

युट्युब सट्स