तपस्वीको घरबाट १६ देशका मुद्रासहित तीन करोडभन्दा बढी नगद बरामद
जानकारी केन्द्र
२०८०, पुष, २५
काठमाडौं । लिटिल बुद्ध उपनामले परिचित तपस्वी रामबहादुर बमजनको घरबाट विभिन्न देशका मुन्द्रासहित तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठस्थित बम्जनको घरमा गरेको खोजतलासपछि तीन करोड ३० लाख रुपैयाँ बरामद गरेको छ। सीआईबीका एक उच्च अधिकारीका अनुसार उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप समेत बरामद गरिएको छ ।
बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठस्थित हात्तिगौडाबाट पक्राउ परेका थिए। बम्जनमाथि आफ्नै अनुयायी तीन युवतीलाई यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोपम सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ।
उनीमाथी आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोप आरोप छ । प्रहरी नियन्त्रणमा रहेका बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी भईरहेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
