तपस्वीको घरबाट १६ देशका मुद्रासहित तीन करोडभन्दा बढी नगद बरामद
जानकारी केन्द्र
२०८०, पुष, २५
काठमाडौं । लिटिल बुद्ध उपनामले परिचित तपस्वी रामबहादुर बमजनको घरबाट विभिन्न देशका मुन्द्रासहित तीन करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठस्थित बम्जनको घरमा गरेको खोजतलासपछि तीन करोड ३० लाख रुपैयाँ बरामद गरेको छ। सीआईबीका एक उच्च अधिकारीका अनुसार उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप समेत बरामद गरिएको छ ।
बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठस्थित हात्तिगौडाबाट पक्राउ परेका थिए। बम्जनमाथि आफ्नै अनुयायी तीन युवतीलाई यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोपम सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ।
उनीमाथी आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोप आरोप छ । प्रहरी नियन्त्रणमा रहेका बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी भईरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

