मुस्कानको अर्धशतकमा गण्डकीले दियो कोशीलाई १६८ रनको लक्ष्य, पहिलो जितको खोजीमा दुवै टिम
काठमाडौं । पहिलो जितको खोजीमा रहेको गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशलाई १७८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको गण्डकीले ४८.३ ओभरमा अलआउट हुँदै १६७ रन जोड्न सकयो । गण्डकीका लागि मुस्कान थापा मगरले अर्धशतकीय पारी खेले । टिमले लगातार विकेट गुमाएर दयनिय अवस्थामा पुगिरहँदा उनले टिम सम्हाल्ने प्रयास गरेका थिए ।
१२२ बलको सामना गरेका मुस्कानले ७ चौका हिर्काउँदै ६७ रनको महत्वपूर्ण पारी खेले । उनलाई कप्तान विपीन खत्रीले ४२ रन बनाएर साथ दिएका थिए । कमल परियार१३ रनमा आउट हुँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र २३ रन खर्चिए । त्यस्कै फिर्दोस अन्सारी र कमल खत्रीले समान १ विकेट लिए । कोशी र गण्डकी दुवै टिमले यस संस्करणमा कुनैपनि जित हात पार्न सकेका छैनन् । गण्डकीको यो चौथा खेल हो भने कोशी छैटौं खेल खेलिरहेको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

