६ पटक विश्व च्याम्पियन बनेकी मेरी कोमले लिइन् सन्यास
काठमाडौँ । भारतकी विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमले सन्यास घोषणा गरेकी छन्। ६ पटक विश्व च्याम्पियन बनेकी कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन् । कोमले पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन् ।
मेरी कोमले भनिन्, ‘मैले मेरो जीवनमा सबथोक प्राप्त गरेको छु। मलाई अझै पनि प्रतियोगितामा भाग लिने भोक बाँकी छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघले यस्तो गर्न अनुमति दिँदैन । पुरुष तथा महिला बक्सरलाई ४० वर्षको उमेरसम्म मात्र प्रतिस्पर्धाको मौका दिने भएकाले अब मैले चाहेर पनि ठुला प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदिनँ ।’
मेरी कोम ४१ वर्षकी भएकी छन्। उनले २०१२ को लन्डन ओलम्पिकमा भारतलाई काश्य पदक दिलाएकी थिइन। साथै उनी ६ पटक विश्व बक्सिङ च्याम्पियनसमेत बनेकी थिइन् । उनी यो उपलब्धि हासिल गर्ने एक्लो महिला खेलाडीसमेत हुन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
