अध्यागमनमा कुटपिट काण्डः तीन दिनभित्र प्रहरीलाई कारबाही नगरे सेवा अवरुद्ध पार्ने चेतावनी
काठमाडौं । निजामती कर्मचारीका ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएको घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनामा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नभएमा देशैभरका सेवा अवरुद्ध पार्ने कर्मचारी संगठनहरुको चेतावनी छ ।
वाक थ्रुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच गत शुक्रबार दिउँसो हात हालाहाल भएको थियो ।
प्रहरीबाटै कर्मचारीहरू असुरक्षित हुन थालेको भन्दै ट्रेड युनियनहरूले आपत्ति जनाएको छ । उनीहरुले आज घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
‘घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापीरूपमा कार्यालयको सेवा बन्द गर्ने र आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं,’– ज्ञापनपत्रमा भनिएको छ ।


सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
