एजेन्सी । शमर जोसेफले अस्ट्रेलियाविरुद्धको गाब्बामा सम्पन्न दोस्रो टेस्टमा ७ विकेट लिएर हलचल मच्चाएका छन् । शमरले आफ्नो बलिङबाट यस्तो उपलब्धि हासिल गरे कि सम्पूर्ण क्रिकेट जगतले प्रशंसा गरिरहेको छ ।
भारतका पूर्व लिजेण्ड सचिन तेन्दुलकरले पनि शमरको प्रशंसा गर्दै उनलाई वेस्ट इन्डिजको ऐतिहासिक जितको महत्वपूर्ण नायक भनेका छन् । शमर ब्याटिङका क्रममा घाइते भएका थिए । अस्ट्रेलियाको इनिङ्समा उनी बलिङ गर्न नसक्ने देखिन्थ्यो ।
तर, उनले साहस देखाए र बलिङ गर्न आए । उनले आफ्नो बलिङले पुरै खेल बदलिदिए । जोसेफले ७ विकेट लिए र अस्ट्रेलिया पराजित भयो । २७ वर्षपछि वेस्ट इन्डिजको टोली अस्ट्रेलियाको माटोमा टेष्ट खेल जित्न सफल भएको थियो भने २४ वर्षपछि अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले जित हात पारेको थियो ।
शमर जोसेफ सुरक्षा गार्डको रूपमा काम गर्थे
३ वर्षअघिसम्म जोसेफले आफ्नो परिवारलाई खुवाउन सुरक्षा गार्डको काम पनि गरेका थिए । आज शामरले आफ्नो बलिङले विश्व क्रिकेटमा हलचल मच्चाए पनि उनको जीवन संघर्षले भरिएको छ ।
यति मात्र होइन, उनले बलिङ अभ्यासका लागि बल समेत उपलब्ध नभएको समय पनि देखेका छन् । शमरले फलफूल र प्लाष्टिकका बोतल पगालेर गोला बनाएर खेल्ने गर्दथे । पछि शमरले टेनिस बलले क्रिकेट खेल्न थाले । उनको बलिङमा सही लम्बाई र गति थियो जसका कारण उनले प्रथम श्रेणी क्रिकेट खेल्ने अवसर पाए ।
गुयानाका लागि खेल्दा, शमरले आफ्नो बलिङबाट धेरै हेडलाइन बनाए, जसले उनलाई फाइदा पुर्यायो । सन् २०२३ मा, शमार पहिलो पटक क्यारेबियन प्रिमियर लिगमा सामेल भए र त्यसपछि त्यहाँ आफ्नो बलिङबाट आफ्नो नाम कमाउन सफल भए । उनले सीपीएल २०२३ मा गुयाना अमेजन वारियर्सबाट खेलेका थिए ।





