• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

पुसभन्दा माघमा किन बढी जाडो ?

काठमाडौं । २०६५ सालमा बसेको मन्त्रिपरिषद् बैठकले २०६६ सालमा एक वर्षका लागि चैत महिना हटाउने निर्णय गर्‍यो, जसअनुसार २०६६ को पात्रोमा एक महिना हटाएर तयार गर्न सरकारले पञ्चांग निर्णायक समितिलाई निर्देशन ग¥यो ।

त्यति बेला पञ्चांग निर्णायक समितिको अध्यक्षमा डा. माधव भट्टराई थिए । सरकारको यो निर्णयको निकै बहस र छलफल भयो । यो निर्णय हिन्दु धर्म, संस्कृति र परम्पराविरुद्ध भन्दै अधिकांश ज्योतिषले विरोध गरे ।

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो । यतिबेला भने यो विषय सेलाउँदै गएको छ । तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ । यो वर्ष चिसो पोहोर सालको तुलनामा २०/२१ दिन पर सरेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार गत वर्ष सबैभन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबैभन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८ लाई मापन गरिएको छ ।

जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो । यो भनेको आइतबार हो । पोहोरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा वायुमण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ ।

विज्ञहरू भन्छन्, ‘अहिले हामी वास्तविक समयभन्दा २३ देखि २४ दिन अगाडि छौं । सायन पद्धति (सूर्यलाई आधार मान्दा) लाई मान्ने हो भने यो वर्ष सूर्य २३ दिनअगाडि नै अर्को राशिमा प्रवेश गरिसकेको छ । त्यसैले यस वर्ष नयाँ वर्ष मनाउँदा २३ दिन कटाएर मनाउने हो भने सायन पद्धतिबाट एक वर्ष पूरा हुनेछ ।’

यस पद्धतिअनुसार हरेक ७२ वर्षमा एक दिन बढी हुन्छ । विक्रम संवत् सुरु भएदेखि अहिलेसम्मको हिसाब गर्दा हामी २३ देखि २४ दिन पर गइसकेका छौं । त्यसैले २३ देखि २४ दिन हटाउनुपर्छ भन्ने विज्ञहरूको भनाइ हो । इस्वी संवत् सम्बद्ध पात्रो तयार गर्नेहरूले हरेक ४ वर्षमा फेब्रुअरी महिनामा एक दिन बढाउने गर्छन् । यसलाई लिप एयर भन्ने गरिएको छ ।

प्राध्यापक तथा ज्योतिष आमोद आचार्य भन्छन्, ‘हामीले ३ सय ६५ दिनलाई वर्ष दिन मान्ने गर्छौं । तर त्यो यथार्थ होइन । एक वर्ष भनेको ३ सय ६५ दिन र ५ घण्टा ४८ मिनेट हो । त्यसैले ५ घण्टा ४८ मिनेटलाई मिलान गर्न हरेक ४ वर्षमा फेबु्रअरी महिनामा एक दिन बढी मान्ने गरिएको छ । यसलाई लिप इयर भन्ने गरिएको छ ।’

उनका अनुसार अरू वर्ष फेब्रुअरी महिनामा २८ तारिखसम्म हुन्छ । तर लिप इयरमा २९ तारेख हुन्छ । ४ ले भाग जाने वर्षलाई लिप इयर भन्ने गरिएको छ । त्यसैले यस वर्ष (सन् २०२४) फेबु्रवरी महिनामा २९ तारेख राखिएको छ ।

इस्वी संवतनुसार पात्रो तयार गर्दा सूर्यलाई मात्र आधार मान्ने गरिएकाले हरेक ४ वर्षमा एक दिन बढी राख्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘तर हामी वि.सं. अनुसार पात्रो तयार गर्छौं । त्यसैले हामी लिप इयर मान्दैनौँ । हामीले सूर्य र चन्द्रमा दुवैलाई आधार मान्छौं । उनीहरूका चाडपर्व तारेखअनुसार हुने गर्छन् । तर हामीले तिथिअनुसार चाडपर्व मनाउने गर्छौं ।’

नेपालका अधिकांश ज्योतिषीहरूको भनाइ यस्तै छ । उनीहरूका अनुसार हामीले सायन पद्धति नभई निरयण पद्धति मान्ने भएकाले निरयण पद्धतिअनुसार अहिले हामी ठिक ठाउँमा छौं । त्यसैले २३ दिन कटाउन आवश्यक छैन । उनीहरूका अनुसार निरयण पद्धति भनेको सूर्यको गतिलाई भन्दा एक वर्षमा पूरै दिन (३ सय ६५ दिन नै) हुन दिन आवश्यक छ ।

‘हामी हजारौं वर्षदेखि यही पात्रोमा चलेका छौँ । हाम्रा पूर्वज तथा विद्धान्हरूले निरयण पद्धतिलाई आधार मानेर पात्रो तयार गरेका हुन्,’ पंचाग निर्णायक समितिका पूर्वअध्यक्ष डा. माधव भट्टराई भन्छन्, ‘त्यसैले २३ दिन हटाउने कुरा हिन्दु धर्म मास्ने कुरा हो । यो हुनै सक्दैन। अहिले हामी सही ठाउँमा छौं ।’

उनका अनुसार भारतमा पनि नेपालमा झैं एक सालमा २४ दिन हटाउने प्रयास गरिएको थियो । यसका लागि एउटा आयोग समेत बनेको थियो तर भारतमा यसको विरोध भएपछि भारत सरकार आफ्नो निर्णयबाट पछि हट्यो । आजको नागरिक दैनिकमा खबर छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.